News Portal

  • ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

    ४८० पटक

    काठमाडौं । शनिबार पुल्चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएपछि ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा परेका छन् ।

    भ्रष्टाचार विरोधी अभियानमा लागेका उनी नेपालगञ्ज विमानास्थलमा पर्यटन मन्त्री योगेश भट्टराईका कारण विमान उड्न ढिलाई भएको विषयमा पत्रकार सम्मेलन गर्दै थिए ।

    सम्मेलनकै क्रममा भनाभन भएको र झडप हुने अवस्था आएपछि उनलाई सुरक्षाका लागि ललितपुर महानगरीय प्रहरी परीसर नियन्त्रणमा लिएको हो ।

    परीसरका एसएसपी टेक राईले शाहीलाई नियन्त्रणमा लिएको नभई सुरक्षाका लागि परीसर ल्याइएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्