आज :

राष्ट्रिय जागरण अभियानमा नेपाली कांग्रेसले गर्यो प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका क्रममा पुत्ला दहन गरेको हो ।

केन्द्रीय प्रतिनिधी बेलबहादुर राना, कांग्रेस डडेल्धुरा क्षेत्र (क) सभापति मानबहादुर बुढामगरको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरिएको हो ।

दोस्रो चरणको हिमाल पहाड तराई राष्ट्रिय जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति किरण कोइराला लगायत कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा ओली र दाहालको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए ।

सुनियोजित ढंगले नेकपा कार्यकर्ताले सांघातिक रुपमा कांग्रेस जिल्ला सभापति लगायत जागरण अभियानका सहभागीमाथि भएको आक्रमणमा संलग्नलाई चाँडोभन्दा चाँडो कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गर्दै पुत्ला दहन गरिएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal