आज :

प्रहरी र माओवादीबीच भिडन्त, प्रहरीसहित १० जनाको मृत्यु 

काठमाडौं । भारतमा प्रहरी र माओवादी विद्रोहबीच मुठभेड भएको छ । भारतको छत्तिसगढमा तीन पटक भिडन्त तथा मुठभेड भएको छ । सो क्रममा प्रहरी र माओवादी सेना गरी १० जनाको मृत्यु भएको छ ।

दिल्लीबाट प्रकाशित हुने केही भारतीय संचारमाध्यमहरुले प्रहरीतर्फ क्षति नभएको बताएका छन् । तर छत्तिसगढबाट प्रकाशित हुने केही संचारमाध्यमहरुले भने प्रहरीतर्फ पनि ठूलो क्षति भएको बताएका छन् ।

शुक्रबार राति र शनिबार दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरी र माओवादी सेनाबीच मुठभेड भएका छन् । जसमा ४ जना माओवादीको मृत्यु भएको छ भने ६ जना प्रहरी पनि मृत्यु भएको बताइएको छ ।

यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गत अप्रिल ९ मा माओवादी आक्रमणमा भारतीय जनता पार्टीका विधायक भीमा मंडावीको मृत्यु भएको थियो । सोही कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचनमा भीमा मंडेवाकी पत्नी ओजस्वीले उम्मेद्वारी दिएकी छिन् भने विपक्षी कँग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मलाई उम्मेद्वार बनाएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal