आज :

अस्पतालबाटै विष्णुकुमारीले भनिन्ः म बाँच्न चाहान्छु, मनकारी हात बढाइदिनुपर्यो

काठमाडौं । दुवै मृगौला फेल भएर विगत लामो समयदेखि डाइलासिस गराउँदै आएकी दैलख जिल्लाको दुल्लु–६ निवासी ४७ वर्षिया विष्णुकुमारी खड्काले आर्थिक सहायोगका लागि अपिल गरेकी छन् । करिब २ वर्ष अघिदेखि डाइलासिस गराउँदै आएकी खड्काको आर्थिक अभावका कारण सो प्रक्रिया पनि जटिलता आउने अवस्था रहेको छोरा विजय खड्काले अनलाइन डबलीलाई बताए ।

छोरा खडकाले आमाको उपचारका निम्ति हदैसम्मको कोसिस गरे पनि अब मृगौला प्रत्यारोपण गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभए बताए । प्रत्यारोपाँण गर्न पनि निकै धेरै खर्च लाग्ने र त्यो पनि नेपालमा त्यति सहज नहुने भएकाले भारततिरै लग्नु पर्ने समस्याले झनै सताउने गरेको उनको भनाई छ । अहिले आफन्तले जतिसक्दो सहयोग गरे पनि त्यसले खासै नपुग्ने नै भएकोले आमरुपले नै सहयोग संकलनमा जानको लागि मिडियाको साहारा लिन पर्ने बाध्यता भएकोसमेत बताए । खड्काले आफ्निी आमाको उपचारका लागि आमरुपले नै देशविदेशमा रहेका सम्पूर्ण मनकारी र सहयोगी हातहरुले जतिसकेको सहयोग गरेर आमा विष्णु कुमारीको जीवन बचाइदिन अनलाइन डबली मार्फत अपिल गरेका छन् ।

गत बुधबार नेसनल डाइलासिस सेन्टरमा पुगेको अनलाइन डबली टिम मार्फत विरामी विष्णुकुमारीले अस्पतालबाटैे भनिन्, “म बाँच्न चाहान्छु, मनकारी हात बढाइदिनुपर्यो” ।

खड्कालाई सहयोग गर्न उनकै नाममा रहेको एनआईसी एशिया बैंकको खाता नम्बर ६०८७०३५१८३१५२४०१ मार्फत् सहयोग गरेर आफ्नो ज्यान बचाइदिन आग्रह गरेकी छन् । वा, उनको छोरा विजय खड्काको मोबाइल नम्बर ९८५१११९९६५ मा सम्पर्क गर्न सकिनेछ । साथै यो समाचार हेरेर सहयोग गर्नु हुने महानुभावहरुले यसै समाचारको तल आफूले सहयोग गरेको रकम उल्लेख गर्न पनि सक्नु हुने छ, ताकी उपचार सम्पन्न भएपश्चात,हामी तपाइहरुको योगदानको समाचार बनाउन सकौं ।

विस्तृत जानकारिका लागि फेस बुक पेजः

https://www.facebook.com/मृगौलाको-उपचारमा-सहयोग-103450004351479

विदेशमा रहेका परोपकारी हातहरुले यस लिङक मार्फत सहयोग गर्न सक्नु हुने छ:

 https://www.facebook.com/donate/341124350165781

स्वदेशमा रहेका परोपकारी हातहरुले आफ्नो नजिकको एनआईसी एशिया बैंक मार्फत निम्न लिखित
खाताको नामः विष्णु कुमारी खड्का (Bishnu Kumari Khadka)
खाता नम्बर : ६०८७०३५१८३१५२४०१ (6087035183152401)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal