News Portal

भीमफेदीमा सुमो दुर्घटना हुँदा ३ को मृत्यु, ८ जना गम्भीर घाइते

१२९ पटक

मकवानपुर । आज (शुक्रबार) दिउँसो भीमफेदी गाउँपालिका-६ जुडिखेलमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना १ ज ३६४० नम्बरको सुमो हेटौँडा–कुलेखानी सडक खण्डमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १० महिनाकी साम्राज्ञी माझी, ७० वर्षिय वीरसिंह वाइबा र ६० वर्यिाय महेन्द्र सहनी रहेका छन् ।

घाइतेहरूको अहिले हेटौँडा अस्पताल हेटौँडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुमोको टायर फुस्किएर दुर्घटना भएको प्रहरीको भनाई छ । टायर फुस्किँदा सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस्