आज :

जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन

काठमाडौं । जिम्बाब्बेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको छ ।

जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । उनले करिब चार दशक देशमा शासन गरेका थिए ।

केही समयदेखि बिरामी भएका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । परिवारका सदस्यले मुगाबेको निधन भएको बीबीसीमार्फत पुष्टि गरेका छन् ।

सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरी नजरबन्द गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा भएको थियो । तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल परेका उनी मुद्दा नचलाई १० वर्षसम्म बन्दी जीवन बिताएका थिए ।

जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित भए । उनी सन् १९८७ मा राष्ट्रपति बनेका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई महत्व दिएर आफ्नो शासनकालको शुरुका वर्षमा उनी निकै लोकप्रिय भएका थिए ।

तर विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक संकट उत्पन्न भएकोले उनीमाथि आरोप लागेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal