आज :

कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

काठमाडौं । वडा कार्यालय सहयोगी र शिक्षक घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिका वडा नं.६ तिनचुली बौद्ध बस्ने खेन्चे दोजै तामाङ र महानगरपालिका-६ वडा कार्यालयमा कार्यरत श्याम कुमार कार्कीलाई १५ सय घुस लिदै गर्दा रकम सहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको बताइएको छ ।

तामाङ भौतिक संरचना र जग्गाको कर तिर्नका लागि कार्यालय सहयोगी श्याम कुमार कार्कीलाई घुस दिई काम गराएको सुचनाको आधारमा उनीहरुलाई १९ भदौमा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले कार्की र तामाङलाई पक्राउ गरेको थियो । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal