काठमाडौं । अर्घाखाँची जिल्लाको साबिक गोखुंगा हाल मालारानी ९ सेपानेका एल. बि. पुनको दुर्घटनामा परी मृत्यु भएको छ ।
उनको हिजो भदौ १९ गते साँझ मृत्यु भएको हो । आफैले चलाईरहेको मोटरसाइकललाई नेपाली सेनाको ट्रकले एक्कासि ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
कलाकारितालाई व्यावसायिक रूपमा अङ्गालीरहेका उनको मोटरसाइकल दुर्घटना भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाली लोक, कला संस्कृतिका एक अभियन्ता उनी काठमाडौंमा बसेर लोक, दोहोरी, नृत्य र अभिनयमा सक्रिय थिए ।