आज :

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गु, १ जनाको मृत्यु

डोटी । सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १२ जनामा डेङ्गु रोगको संक्रमण देखिएको छ ।

सबैभन्दा बढी दार्चुलामा ५ जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलो पटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षिय छत्र मलासी ‘छायाँ’ कोे मृत्यु भएको थियो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

डोटीमा डेङ्गु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल डोटीका डा.गिरिष अवस्थीले बताए । उनले भने, “हामीले जिल्लामा जाँच गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ जाँच गर्दा डेङ्गु रोग भेटिएपछि थप उपचारका लागि काठमाडाँै लगिएको छ ।”

डोटीलगायत अन्य जिल्लामा डेङ्गु रोगका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ । डेङ्गु रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ ।

बिहान र साँझको अस्ताउँदो घामको समयमा डेङ्गु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । पहिलो पटक नेपालको चितवन जिल्लामा भेटिएको उक्त डेङ्गु रोग अहिले सुदूरपश्चिमका ४ जिल्लामा देखापरेकाले सबैले सावधानी अपनाउनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेङ्गु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात अक्सिजन भएको पानीमा फूल पार्ने र उक्त फूल करीब छ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकँुडा सधैँ सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा.भुषण मिश्रले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal