
पाल्पा । माथागढी गाउँपालिकामा वडा सदस्यको निधन भएको छ ।
वडा नम्बर ३ का सदस्य निलकुमारी ठाडाको हृदयाघातले बिहीबार निधन भएको हो ।
३९ वर्षिय ठाडा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी हुन् । उनको बिहीबार नै अन्त्येष्टि गरिएको छ । उनको पति, एक छोरा र एक छोरी छन् ।