News Portal

  • शैक्षिक संस्थामा बम बिष्फोट, बिष्फोटबाट समान्य क्षति

    २०० पटक

    काठमाडौं । सुनसरीका २ वटा शैक्षिक संस्थामा बम बिष्फोट भएको छ ।

    इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीलदे जनाएको छ ।

    सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोटले स्थानीयवासीमा डर र त्रासको अवस्था सिर्जना भएको छ ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउनेको खोजी भइरहेको छ । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्