News Portal

आज नेपाल श्रीलंकासँग भिड्दै

४२७ पटक

काठमाडौं । हिजोबाट १९ वर्ष मुनिएको एसिया कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

श्रीलंकामा हुन लागेको ८ राष्ट्र सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आयोजक श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु भएको छ । नेपालले आगामी आइतबार बंगलादेशसँग तथा मंगलबार यूएईसँग खेल्नेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली भदौ ७ देखि श्रीलंकामा अभ्यासरत थियो । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासंगै बंगलादेश र युएई पनि रहेको छ ।

भदौ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिनको खेलमा भारत र अफगानिस्तान विजयी भएका छन् । भारतले कुवेतमाथि र अफगानिस्तानले पाकिस्तानमाथि जित निकालेको हो ।

प्रतिकृया दिनुहोस्