आज :

विद्यालय जाँदै गरेकी किशोरीमाथि तेजाब प्रहार

वीरगञ्ज । आज बिहान १५ वर्षिय एक किशोरीलाई गणेशमान चौकमा एसिड (तेजाब) प्रहार भएको छ ।

विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका-३ छपकैयाका मुस्कान खातुनमाथि २ जना युवकले तेजाब प्रहार गरेका हुन् ।

तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् । मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका-२ छपकैयाका १६ वर्षिय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहान ६ बजे विद्यालय जान लागेकी उनीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले बयान दिएका छन् । सोही बयानका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

उनले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज-२ छपकैयाकै मजिद आलमको खोजी भइरहेको छ । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal