काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ब्याटिङ गर्दैछ । श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमादास क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले लंकाविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो ।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन्। नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ।
राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।
- फाइल फोटो