आज :

बेलायती प्रधानमन्त्री जोनसन कमजोर

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा बहुमत गुमाएका छन् ।

बेलायती सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उनी कमजोर बनेका हुन् । संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेपछि प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झड्का लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेका छन् । जसका कारण अब उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्ने छन् । सो विधेयकमाथि संसद्मा छलफल हुने बताइएको छ ।

गएरातिको मतदानमा सरकारको पक्षमा ३ सय एक मत र विपक्षमा ३ सय २८ मत खसेको थियो । प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने यसअघि नै बताइसकेका छन् ।

सरकार अक्टोबर १५ तारिखमा आमचुनाव गराउने तयारी गरेको बिबिसीले जनाएको छ । युरोपेली संघको बैठक बस्नु भन्दा २ दिनअघि निर्वाचन गराउने सरकारले तयारी गरेको बताइएको छ । पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसन संसद्मा कमजोर बन्नु भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal