आज :

बमले घर उडाई दिने धम्की दिने पक्राउ

काठमाडौं । नगद २० लाख रुपैयाँ माग गरी नदिएमा ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं नयाँ बजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका-५ घर भएका २७ वर्षिय सन्तोष कँडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आरोपीले स्यूचाटर नागार्जुन नगरपालीका-९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठीमार्फत नगद २० लाख रुपैयाँ दिन माग गरेका थिए । उनले मंगलबार दिउँसो बालाजु पुलमा लिई आउनु, प्रहरी र आफन्तलाई जानकारी गराएमा तथा रकम नदिएमा छोरीलाई सिध्याई दिने र घरमासमेत बम राखी उडाई दिने धम्की दिएका थिए ।

सो सम्बन्धमा सूचना प्राप्त भएपश्चात महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal