आज :

ढुंगाले हानेर हत्या, २ जना पक्राउ

काठमाडौं । कपनमा साथी-साथीबीच एकापसमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका-१० आदर्शनगरमा मंगलबार राति साथी-साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्थानमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

हत्यामा सङ्लग्न सङ्खुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले आज बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर हत्या गरिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal