आज :

भण्डारखाल जङ्गलमा २ जनाको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौं । गौशालामा रहेको भण्डारखाल जङ्गलमा मंगलबार बिहान खोटाङका एक महिला र एक पुरुषको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० घर भएका काठमाडौंको बाँसबारी बस्दै आएका ४० वर्षिय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षिय उमिता दमाईको शव मंगलबार बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

मर्निङ वाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा दुवैको शव झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । घटनास्थलको प्रकृति मुचुल्का उठाइ दुवै शव परीक्षणका लागि महाराजगञ्ज शिक्षण अस्पतालमा लगिएको छ । उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुरी गर्दथे । मंगलबार बिहान गिरीकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले भने ।

खोटाङ बस्दै आएकी दमाई काठमाडौं आएको कारण भने खुलेको छैन । उनी काठमाडौं दिदी-भिनाजु कहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal