आज :

लोक सेवा आयोगका अध्यक्षको तलब तोक्यो प्रदेश ५ सरकारले

काठमाडौं । प्रदेश ५ सरकारले प्रदेश लोक सेवा आयोगका अध्यक्षको तलब तोकेको छ ।

हालै आयोगको अध्यक्षमा डिलाराम भट्टराईलाई प्रदेशले नियुक्त गरेको थियो । प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षको तलब ६४ हजार ४ सय २० रुपैयाँ तोकेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताएका छन् ।

उनले भने,‘राजपत्रमा प्रकाशित भएपछि यो तलब कार्यान्वयनमा आउँछ,’ यस्तै मुख्य न्यायाधीवक्ताको तलब पनि वृद्धि गरिएको उनले बताए ।

संघीय सरकारले तलबमान वृद्धि गरेकोले सोहीअनुसार मुख्य न्यायाधीवक्ताको तलब पनि ६४ हजार ४ सय २० तोकिएको उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal