News Portal

  • डुबेर बेपत्ता भएकामध्ये एकको शव फेला, २ जना अझै बेपत्ता

    ३०१ पटक

    कपिलवस्तु । शुद्धोधन गाउँपालिका-६ वेलभारीया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएकामध्ये एक बालिकाको शव फेला परेको छ ।

    सोमबार डुबेका ३ जनामध्ये एक बालिकाको शव बिहान फेला परेको हो भने दुई जना अझै बेपत्ता छन् ।
    आज बिहान बेचनप्रसाद कोहारका १५ वर्षिय छोरी तारा कोहारको शव फेला परेको प्रहरीले जनाएको छ ।

    कमलेस कोहारका २५ वर्षिय पत्नी तारामती कोहार र घनश्याम रैदासकी ८ वर्षिय छोरी खुश्वु रैदास अझै बेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्