
मोरङ । सुन्दरहरैचा नगरपालिका ५ मा रहेको नमुना सामुदायिक वनभित्र वेवारिसे अवस्थामा भरूवा बन्दुक फेला परेको छ ।
सोमवार बिहान प्रहरी चौकी गछियाबाट गएको प्रहरी नायव निरीक्षकको टोलीले वन भित्रको करमको रूखको फेदमा लोड अवस्थामा रहेको ३ थान भरूवा बन्दुक बरामद गरेको जनाएको छ । उक्त्त बन्दुक चोरी शिकारी गर्नेहरुले प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ ।