News Portal

  • ठोट्ने खोलाले लियो युवकको ज्यान

    २०३ पटक

    ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका-४ का रुम्जाटारका ३७ वर्षिय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् ।

    आइतबार अपराह्न साढे ५ बजे गाई पुर्याउन चिसंखुगढी गाउँपालिका-८ मा हिँडेका ठटाल ठोट्ने खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

    खोलाले बगाएको गाई घटनास्थलभन्दा करिब १०० मिटर तल सकुशल फेला परेको छ । ठटाल अझै फेला पारेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार बेपत्ता ठटालको विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएका प्रहरी टोली र स्थानीयले खोजतलास गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्