आज :

नेकपा नेता चौधरीको उपचारको क्रममा निधन

कैलाली । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका कैलाली जिल्ला सदस्य फूलराम चौधरी ‘स्रोत’को शनिबार राती निधन भएको छ ।

जानकी गाउँपालिका-८ खैरिपुरका उनी यसअघि पित्तथैलीमा पथरी भई औषधि सेवन गरिरहेकोमा पछिल्लो एक महिना लगातार ज्वरो आएपछि उपचारका लागि काठमाडौं लगिएकोमा उपचारका क्रममा निधन भएको परिवारिक श्रोतले बताएको छ ।

२०५८ सालदेखि भूमिगत राजनीतिमा लागेका उनी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्यसमेत रहेका थिए ।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नं.२ बाट माओवादीका तर्फबाट संविधान सभा सदस्य उम्मेदवार भएका थिए । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिका अध्यक्षको उम्मेदवारसमेत भएका थिए ।

कराँतेका ग्राजुयशन चौधरीका सन्तानको रुपमा एउटा छोरी छन् । उनको शवलाई हिजै राती काठमाडौंबाट कैलाली तर्फ लगिएको नेकपा नेता खडक शाहले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal