आज :

इजिप्टको कायरोका लागि हुने ब्रिटिस एयरवेजका सम्पूर्ण उडान स्थगित

काठमाडौं । ब्रिटिस एयरवेजले सुरक्षाको कारण देखाउँदै इजिप्टको कायरोका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको छ ।

एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो । एयरवेजले सुरक्षाका दृष्टिले उडानहरु स्थगित गरिएको जनाउँदै आफ्ना चालक दलका सदस्यको ज्यान बाजी राखी उडान भर्न नसक्ने जनाएको हो ।

तर कस्तो खालको सुरक्षा चुनौती देखियो भन्नेबारे भने केही खुलाइएको छैन । उडान स्थगित गरेसँगै हजारौं यात्रु प्रभावित भएका छन् । केही यात्रुले भने इजिप्टका लागि बोर्डिङ पास लिइसकेपछि उडान रद्द गरेको भन्दै एयरवेजको रवैयाप्रति खेद व्यक्त गरेका छन् ।

उनीहरुले सो एअरवेजका कर्मचारीले सही सूचना दिन आनाकानी गरेको र सहयोगसमेत नगरेको गुनासो गरेका छन् । यसैबीच जर्मनीको लुफ्थान्सा एअरले पनि इजिप्टमा शनिबार हुने आफ्ना उडान रद्द गरेको थियो ।

तर आइतबारदेखि उडान हुने एयरलाइन्सका प्रवक्तालाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal