आज :

सिंहदरबारको मूलढोकामा ‘लेन’ उल्लंघन गर्नेलाई ५ सय जरिवाना

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानुनको उल्लंघन गर्ने तथा नियम पालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ ।

भद्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मूलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारीचालकले सडक अनुशासन (लेन) उल्लंघन गरेमा जरिवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो ।

सिंहदरबारको मूलढोकामै सवारीचालकको नाममा हुने कानुन उल्लंघनलाई नियन्त्रण गर्न साँझ-बिहान मात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोकेर खडा भएका प्रहरी देखिन्छन् ।

लेन ‘क्रस’ गरेनगरेको केहीले चियो गर्छन् भने केहीले उल्लंघन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्नेनेर पुर्याइ दिने गरेको देखिन्छ । सधैंजसो जाम हुने उक्त ठाउँमा पछिल्लो समय सार्वजनिक बिदाको दिनबाहेक दैनिकरुपमा सडक लेन उल्लंघन गर्ने करिब १५० सवारी–साधनका चालकलाई कारबाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले पुष्टि गरेको छ ।

शुक्रबार उपत्यकामा सडक लेन उल्लंघन गर्ने २७४ सवारी-साधनमध्ये १५० सिंहदरबार अगाडि कारबाहीमा परेका हुन् । अघि-पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेकोबीचमा सडक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ ।

उक्त समयमा त्यहाँ ६-७ जनाको संख्यामा प्रहरी खट्ने गरेको पाइन्छ । सडक लेन उल्लंघन गर्ने सवारी-साधनलाई ५०० जरिवाना गरिँदै आएको छ ।

सडक लेन उल्लंघन गर्नेमा मोटरसाइकल चालकको संख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा रहेको तथ्यांकले देखाएको छ । सडक अनुशासनलाई बेवास्ता गरी अरुलाई पछिपार्दै सवारी-साधन हुइँक्याउने शिक्षित युवा पुस्ता नै ट्राफिक प्रहरी कार्यालय पुगेर जरिवाना बुझाउने सूचीमा अग्रस्थानमा छन् ।

सिंदरबारपछि सडक लेन उल्लंघन गर्नेबाट जरिवाना असुल्ने चोक भनेको थापाथली, बानेश्वर, त्रिपुरेश्वर, महाराजगन्ज, कोटेश्वर, माइतीघर, कलंकी, पुतलीसडक हुन् । जानेर होस् वा नजानेर चालकले सडक अनुशासनमा रहनुपर्छ भन्ने कुरालाई हेक्का नगरी छिटो अघि बढ्न खोज्दा कारबाहीको दायरामा पर्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।

महाशाखाले सडक लेन पहिलोपटक उल्लंघन गर्ने चालकलाई ५००, दोस्रोपटक गर्नेलाई १ हजार र तेस्रो पटक गर्नेलाई १ हजार ५०० जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal