आज :

प्रदेश नं.३ का मुख्यमन्त्री पौडेल र चीनको गान्सु प्रान्तका गभर्नरबीच भेटवार्ता

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियनबीच भेटवार्ता भएको छ ।

गभर्नर रेन्जियनको निमन्त्रणमा ५ दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुग्नु भएका मुख्यमन्त्री पौडेल र गभर्नरबीच बिहीबार साँझ दुई प्रदेशबीच विभिन्न विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न आग्रह गरे । उनले चीन र नेपालबीच पनि धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा पनि नेपाललाई सँगै लैजान लगानी भित्र्याउन ३ नम्बर प्रदेश तयार रहेको धारणा राखे ।

यसैगरी आधुनिक कृषि प्रणाली, औद्योगिक पार्कको विषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रदेश ३ ले लिएको विद्युतीय सवारी प्राथमिकताको विषयमा पनि गान्सु प्रान्तले चासो देखाएको छ । चीनको गान्सुमा पनि ९० प्रतिशत सवारी साधन विद्युतीय नै रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमा पनि १० वर्षभित्र लागू गर्न सकिने बताए ।

छलफलका क्रममा गभर्नर रेन्जियाङले ३ नं.प्रदेशमा लगानीसहित आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal