
काठमाडौं । काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना भएकी छिन् ।
बिहान अकास्मात छातीमा पीडा भएपछि थापाथलीको नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पतालको इमर्जेन्सी वार्डमा राखेर एन्जिओग्राफी गरिसकिएको र अहिले सीसीयू कक्षमा राखिएको अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र आज अस्पतालमा नै राखेर उपचार गरिने अस्पताल स्रोतले जनाएको छ ।