आज :

अमेरिकामा शक्तिशाली भूकम्प

काठमाडौं । अमेरिकामा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

लस एन्जलसबाट २ सय ४० किलोमिटर उत्तरपुर्वी रिज्क्रेस्ट शहर केन्द्रबिन्दु भएर दुई दशक यता कै शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण केही ठाउँमा क्षती पुग्नुका साथै आगलागी पनि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर अवस्था नियन्त्रणमा रहेको जनाएका छन् ।

भूकम्पको केन्द्र भएको स्थानमा निकै क्षति भएको स्थानीय भूगर्भ्विद् प्राध्यापक जोह रन्डलीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

उनले धेरै जनसंख्या भएको क्षेत्रबाट भूकम्पको केन्द्र टाढा परेकोले बढी क्षति हुन नपाएको बताए । भूकम्पको केन्द्र भएको स्थानमा दर्जनौँ भवनमा आगलागी भएको आशंका गरिएको छ । मानवीय क्षतिबारे भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal