आज :

भारतमा ४९ वर्षपछि महिला वित्त मन्त्रीले बजेट प्रस्तुत गर्दै

नयाँ दिल्ली । आज मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट भारतीय वित्त मन्त्री निर्मला सीतारमणले पेश गर्दै छिन् ।

उनले बजेट प्रस्तुत गर्न अघि राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेकी छिन् । यसअघि परम्परा तोड्दै ब्रीफकेसको साटो एक फोल्डरमा बजेट लिएर निस्केकी थिइन् ।

अहिलेसम्म वित्तमन्त्रीले एउटा ब्रीफकेसमा बजेट लिएर संसद पुग्ने चलन थियो । मुख्य आर्थिक सल्लाहकार कृष्णमूर्ति सुब्रमणियमले फोल्डरमा बजेट लानुको कारण यो भारतीय परम्परा भएको बताए ।

उनले भने, ‘पश्चिमी मानसिकताको गुलामीबाट बाहिर आउन लागेको प्रतिक हो ।’ उनले यसलाई बजेटभन्दा पनि बही खाता भन्न सकिने बताए ।
फेब्रुअरीमा प्रस्तुत गरिएको अन्तरिम बजेटलाई प्रधानमन्त्री मोदीले ट्रेलर मात्र भएको बताएका थिए । त्यही भएर पूर्ण वजेट कस्तो आउने छ भन्ने धेरैको चासो रहेको छ ।

विभिन्न रिपोर्टका अनुसार आम्दानी करमा राहतको साथै सर्वसाधारणलाई लक्षित धेरै घोषणा गरिनेछ । उनको यो पहिलो बजेट हुनेछ ।
४९ वर्षपछि भारतमा कुनै महिला वित्त मन्त्रीले बजेट प्रस्तुत गर्ने छिन् । निर्मला अघि १९७० मा इन्दिरा गान्धीले बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal