News Portal

  • अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु, ५ घाइते

    २४३ पटक

    काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क-७, टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो ।

    घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।

    प्रतिकृया दिनुहोस्