आज :

पेस्तोलसहित डाँका पक्राउ

महोत्तरी । बर्दिवास नगरपालिकामा हतियारसहित डाँका पक्राउ परेका छन् ।

नगरपालिकाको वडा नम्बर ७ स्थित किसाननगरमा बुधबार राति दुई घरमा लुटपाट गर्ने क्रममा एक डाँका पक्राउ परेको हो ।

गाउँमा मध्यरातमा डाँकाको समूहले लुटपाट गर्न थालेपछि बासिन्दाले प्रतिकार गरेका थिए । बासिन्दाको प्रतिकारपछि डाँका भाग्न थाले ।

भाग्ने क्रममा एक डाँका पक्राउ परेका हुन् । पक्राउ परेका डाँका सर्लाहीको चन्द्रपुर नगरपालिका निवासी देवनारायण कापड रहेको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका कापडको साथबाट एकथान कटुवा पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

डाँकाको प्रतिकार गर्दा किसाननगरका चन्देश्वर महतो, उनकी पत्नी जयवती देवी र छोरा उमेश घाइते भएका छन् । उनीहरुको बर्दिवास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हतियारसहित आएका डाँकासमूहले चन्देश्वरको साथै रामसुनर महतोको घरबाट सुन, चांदी, ल्यापटप, मोबाइल र नगदसहित करिब ४ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal