आज :

कार र स्कुटर ठोक्किँयो, एकको मृत्यु, २ जना घाईते

रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना-४ शान्तिटोलका २८ वर्षिय अजित सलामी थापाको मृत्यु भएको र २ घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना-३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए ।

पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठक्क्र खाँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal