आज :

सडकमा उडेको धुलोका कारण ट्रक नहरमा

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी बेलडाँडी सडक खण्ड अर्थात हुलाकी सडकको शुक्ला राष्ट्रिय निकुञ्जको क्षेत्रमा ट्रक दुर्घटना भएको छ ।

महेन्द्रनगर देखि बेलडाँडी चवन्नीका लागि हिडेको ना ७ ख २३९६ नं.को ट्रक बेलडाँडी क्याम्प देखि अन्दाजी २,३ किलोमिटर भित्र कच्ची सडकका कारण नहरमा खसेको छ ।

आज विहान ७ः३० बजे तिर नहरमा खसेको बेलडाँडी ट्रफिक प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार महेन्द्रनगर देखि विहान बेलडाँडी चवन्नीका लागि हिडेको ट्रक ड्राइभरको लार्पवाही र कच्ची सडकका कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।

दुर्घटना हुदा मानवीय क्षेत्री भने नभएको र चालक जय बहादुर थापालाई समान्य चोट लागेको छ । बेलडाँडी इलाका प्रहरी प्रमुख दान बहादुर रोकायाका अनुसार कसरी दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

ट्रक धनी तेज सिंह धामीका अनुसार ४२५ बोरा सिमेन्ट बोकेर बेलडाँडी आउदै गर्दा सडकबाट चिप्लेर नहरमा खसेको हुन सक्ने अनुमान छ । सडक समयमै निर्माण हुन नसक्दा यो भन्दा पहिले पनि धेरै दुर्घटना भएको स्थानीयले बताएका छन् ।

ट्रकका सहचालक सुखा रानाका अनुसार टिप्पर क्रस हुँदा धुलो उडेकाले ड्राइभरले बाटो नदेख्दा गाडी नहरमा गएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal