आज :

अझै केही दिन ठूलो वर्षा नहुने

काठमाण्डौ । भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा पर्याप्त पानी पर्न नसकेको पाइएको छ । बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।

न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । यस्तै मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले पनि नेपालमा पर्याप्त पानी पर्न नसकेको उनले बताए ।

स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको मौसमविद् अर्यालको भनाइ छ । आज (बिहीबार) पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने उनको अनुमान छ ।

तर बादल लागेपनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने संभावना छ । नेपालगञ्ज, धनगढीलगायत पश्चिमका थोरै ठाउँमा बुधबार राति पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal