आज :

लिबिया आक्रमणमा एक नेपालीको मृत्यु

काठमाण्डौं । लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको एउटा आप्रवासी बन्दी गृहमा लक्षित बम विस्फोटमा परि एक जना नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको बम विस्फोटमा परि २७ वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

४० जनाभन्दा बढीको मृत्यु हुने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा मृत्यु राजदूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आईओएम) लिबियाले श्रेष्ठको मृत्यु भएको पुष्टी गरेको राजदूतावासका चार्ज डी अफेयर्स सुजन बिडारीले जानकारी दिए । श्रेष्ठका बारेमा थप बुझ्ने प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।

यसैबीच पछिल्लो दुई महिनामा मात्रै लिबियाबाट २६ जना नेपालीको उद्दार भएको दूतावासले जनाएको छ । अन्य ८ जनालाई बुधबारमात्रै उद्दार गरी टर्की हुँदै नेपाल पठाइएको जनाइएको छ । उद्धारको क्रम अझै जारी रहेको बताइएको छ ।

नेपाल लगायतका देशबाट मानव तस्करी गरेर इटाली लैजान लिबियाको बाटो प्रयोग गर्ने गरेको पाइएको छ । यस सम्बन्धमा लिबियामा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएको नेपाली टोलीले अनुसन्धान गरिरहेको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal