आज :

गेष्ट हाउसमा प्रेमिकासँग रात बिताएका प्रेमी मृत

काठमाडौं । मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षिय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नं.प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

उनका अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए । गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal