आज :

महाराष्ट्रको रत्नगिरीमा बाँध भत्किँदा ७ जनाको मृत्यु, २० जना बेपत्ता

काठमाडौं । भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि ७ जनाको मृत्यु भएको छ भने, २० जना बेपत्ता भएका छन् ।

स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ : ३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो । मुम्बईबाट २ सय किलोमिटर दुरीमा रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सात वटा गाँउमा एकै पटक अचानक बाढी छिरेको थियो ।

जिल्लाका प्रशासनिक अधिकारीका अनुसार बाँध भत्किएको ठाउँ भन्दा केही दुरीमा ७ जनाको शव भेटिएको थियो । बीबीसीका अनुसार नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टिम राहत र बचाउका सामाग्री, पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन् ।

पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal