आज :

बाख्रा चराउन गएकी किशोरीको मुढोले किचेर मृत्यु

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका-६ चिच्चौरमा एक किशोरीको मुढोले किचेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो बाख्रा चराउन जंगलमा गएकी किशोरीलाई भिरबाट पल्टाएको काठको मुढोले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

मुढोले किचेर सोही स्थानकी १७ वर्षिय सुजना रोकाको घटनास्थलमै मृत्यु भएको हो । बाख्रा चराउन जंगलमा गएका बेला माथिबाट पल्टाएको मुढोले किचेको स्थानीयले बताएका छन् ।

जंगलबाट काठको मुढो पल्टाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal