आज :

मनसुन कमजोर हुदाँ पानी परेन

काठमाडौँ । मनसुन कमजोर अवस्थामा रहेकाले पानी पर्न नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रएको भए पनि कमजोर अवस्थामा रहेकाले पानी पर्न नसकेको मौसमविद राजु प्रधानाङ्गले बताए ।

न्यून चापीय रेखा मध्य भारततिर रहेकाले नेपालमा मनसुन कमजोर भएको हो। केही दिनमा उक्त रेखा बिस्तारै माथि जाने र नेपालतिर आएपछि मनसुन सक्रिय हुने बताइएको छ ।

झरी पर्ने खालको वर्षाका लागि केही दिन पर्खनु पर्ने अवस्था रहेको मौसमविद प्रधानाङ्गले बताएका छन् । देशभर मौसम बदली भए पनि पानी त्यति पर्न नसक्नुको कारण न्यून चापीय रेखा नेपाल नजिक नहुनु रहेको उनले बताए ।

बुधबार देशभरको मौसम सामान्यत बदली हुने तर पानी भने थोरै ठाउँमा मात्रै पर्ने बताइएको छ । दिनभरजसो मौसम बदली र खुल्ने क्रम जारी रहने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal