आज :

स्कुल बसको ठक्करबाट ३ वर्षिय बालिकाको मृत्यु

काठमाडौं । स्कुलबसले ठक्कर दिँदा ३ वर्षिय बालिकाको मृत्यु भएको छ ।

बुढानिलकण्ठ नगरपालिका-४ पासिकोटस्थित सडकमा बा २ क ९९७४ न.को ज्ञान भूमी स्कुलको बसले मंगलबार बिहान बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीकी ३ वर्षिय छोरी सुजिती नेपाली हुन् । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal