आज :

‘ओली सरकार राजतन्त्र फर्काउने बाटोमा’,बहुमतद्वारा ६ महिने संघर्षका कार्यक्रम घोषणा

  • धनन्जय बुढा

काठमाडौं । वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

पार्टीको नवौं महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले काँग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको आरोप लगाएका छन् । बास्तोलाले जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान व्यवस्थाको विरुद्धमा लागेको आरोप लगाउँदै भने,“यो संविधान भन्दा ०४७ को संविधान नै ठिक भन्न थाल्नुका पछाडी ‘संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रान्त्रिक’ व्यवस्थातिर देश फर्काउने षड्यन्त्रको गन्ध आउँछ ।”

काँग्रेस–एमालेका उच्च नेताहरुले नै उनीहरु निकटका बुद्धिजीवी र कार्यकर्ताहरुमार्फत प्रतिगमन गराउने योजना बुनिरहेकोप्रति चेतावनी दिदैै भने,“खर्बदार ! माओवादी शक्ति कमजोर छैन, यो फेरी संगठित भएर तिमीहरुविरुद्ध खनिने दिन नओस् ।”

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले जनविरोधी सरकारी गतिविधिविरुद्धमा जनजागरण अभियान सुरु गरिसक्यो तपाईहरुले पनि त्यस्तै अभियानको घोषणा गर्नुभयो सँगै गए के हुन्छ ? भन्ने जवाफमा बास्तोलाले भने,“संघर्षको बाटो उस्तै देखिए पनि प्रचण्ड जीहरुले संसदिय व्यवस्थामा टालटुल खोज्दै हुुनुहुन्छ, हामी त्यसको विरुद्धमा हो ।”

बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पूँजीपतिको नीजिकरण गरी माफियाको सम्पत्तिमा रुपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भत्र्सना गरे । ओली सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रपञ्चा रचिरहेको समेत आरोप लगाए ।

सो पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरु सार्वजनिक गर्दै “दलाल तथा नोकरशाही पूँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भत्रे नारा सहित “भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान” संचालन गर्ने निर्णय गरेको जानकारी दिए । विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन संघर्ष गर्नुपरेको बताए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal