आज :

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

स्याङ्जा । भीरकोट नगरपालिका १ लामाचौरमा स्कुटर दुर्घटना हुँदा २३ वर्षिय कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ ।

वालिङबाट राङ्खोलातर्फ आइरहेको ग १६ प ९१२४ नं.को स्कुटर अनियन्त्रित हुँदा सोमबार साँझ पुतलीबजार नगरपालिका १३ का २१ वर्षिय राजेश केसी र उनको पछाडी सवार क्षेत्री घाइते भएका थिए ।

घाइते दुबैको कालिका सामुदायिक हस्पिटल हेलुमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । गम्भीर घाइते क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते केसीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal