आज :

विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण

काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा विद्रोहीहरुले आक्रमण गरेका छन् ।

उक्त आक्रमणबाट ९ जना सर्वसाधारण घाइते भएका छन् । यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये ८ जना साउदी नागरिक रहेको जानकारी दिएका छन् ।

अर्का घाइते व्यक्ति भारतीय नागरिक रहेको जनाइएको छ । प्रवक्ता मलिकीका अनुसार घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटक-पटक आक्रमण गर्ने गरेका छन् ।

गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु ७ जना घाइते भएका थिए । प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको उल्लेख गर्दै नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोहीविरुद्ध जस्तो सुकै कारबाही गर्न सक्ने चेतावनी दिए ।

पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal