
भक्तपुर । सोमबार दिउँसो राजधानी दैनिकको भक्तपुर संवाददातामाथि आक्रमण भएको छ ।
उनको मुखमा चोट लागेको छ । उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ ।
भक्तपुर सुर्य्विनायकमा रहेको रेड चिल्ली रेष्टुरेन्टमा दिउँसो साढे दुई बजेतिर काभ्रेका वुद्धराज लामाले आफूमाथि आक्रमण गरेको बताएका छन् ।