आज :

पल्सर स्पोर्टस् अवार्ड हुँदै

काठमाडौं । आज नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड हुँदैछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी ८ विधामा अवार्ड वितरण हुँदैछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा दिउँसो साढे २ बजे अवार्ड कार्यक्रम हुँदै छ । वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डले सम्मान गर्न लागिएको हो ।

यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal