आज :

सर्लाहीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

पूर्व पश्चिम लोकमार्गको लालबन्दी नगरपालिका-१७ फुलजोर पुल नजिकै यात्रुबाहक बस र मालबाहक ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सोमबार राति लालबन्दी नगरपालिका-१२ घारिबथानबाट विरामी बोकेर लालबन्दी तर्फ आउँदै गरेको बा ३ ख २०५४ नं.को बस र पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ७७९५ नम्बरको ट्रक एकापसमा ठोकिएको हो ।

दुर्घटनामा बसका चालक ईश्वरपुर नगरपालिका-१२ घारिबथानका २४ वर्षिय माधव लायोको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बसमा सवार सोही स्थानका ५४ वर्षिय ध्रवप्रसाद घिमिरे, २० वर्षिय गोपाल घिमिरे र २० वर्षिय सुजन घिमिरे घाइते भएका छन् ।

उनीहरुको लालबन्दी नगरपालिकास्थित लाइफ लाइन हेल्थ केयर अस्पताल नवलपुरमा उपचार भइरहेको छ । मृतक लायोको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमको लागि राखिएको छ ।

त्यस्तै, सोही दुर्घटनामा ट्रकका चालक मकवानपुर थाहा नगरपालिका-११ बस्ने ३९ वर्षिय रंजित ठोकर, सोही स्थानका ३६ वर्षिय प्रताप ठोकर र ३५ वर्षिय रोहित लामा घाइते भएका छन् । उनीहरुको लालबन्दीस्थित गडिमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal