आज :

प्रहरीले नै बोक्सीको आरोपमा एक महिलालाई कुटपिट

राजविराज । सप्तरीमा प्रहरीबाटै ५० वर्षिय एक महिला कुटिएकी छिन् ।

सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूत गराउने प्रहरी (असइ) ले नै बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै डाक्नेशवरी नगरपालिका-९ पथरथाढाकी जशोदियादेवी यादवलाई (असई) कमलदेव यादवले बोक्सीको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आफूमाथि कुटपिट भएको विषयमा पटक-पटक जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा उजुरी लिन नमानेपछि बाध्य भएर पत्रकार गुहार्नुपरेको उनले गुनासो गरिन् । कुटपिट गर्ने प्रहरी नै रहेकाले उजुरी लिन प्रहरीले आलटाल गरेको उनको आरोप छ ।

सम्मेलनमा उनले न्यायको लागि पहल गरिदिन आग्रह गरिन् । असई कमलदेव हाल काठमाडौंस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले महिलामाथि कुटपिट भएको पुष्टि गर्दै पीडितले फरक मुद्दा दर्ता गराउन खोजेको निवेदन नलिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal