आज :

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । प्रदर्शनकारीहरूको एउटा सानो समूहले त्यहाँको विधायिकी परिषद्को भवनमासमेत जबर्जस्ती पस्ने प्रयास गरेको थियो ।

सोमबारको यो प्रदर्शनलाई एक महिनायता सुपुर्दगीसम्बन्धी विवादस्पद विधेयकको विरोधमा भएको प्रदर्शनकै शृंखलाकारुपमा हेरिएको छ । सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेपनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीले नाली सफा गर्ने ठानिएको तरल पदार्थ छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् । हिंसात्मक विरोध प्रदर्शनहरूका कारण वर्षगाँठका समारोह प्रभावित भएको छ ।

यसअघि, दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा सडकमा उत्रिएका थिए । सन् १९९७ यता हङकङ एक देश, दुई प्रणाली अन्तर्गत रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal