आज :

उत्तर कोरियाली नेतालाई ट्रम्पको निम्तो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिएका हुन् ।

उनले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिएका छन् । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो ।

अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो । उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठकसमेत भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal