News Portal

  • अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

    १७६ पटक

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् ।

    आइतबार राति ९ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जानकारी दिएको छ । उालाई अस्थायी प्रहरी चौकी रानीटारको गस्ती टोलीले पक्राउ गरेको हो ।

    सोमबार जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान शुरु गरिएको छ ।

    प्रतिकृया दिनुहोस्